आमा ( कविता)-सन्दीप आचार्य “सासन “

“आमा”
फोक्सो नै सुकुन्जेल फुकेर बालेको दाउरामा
आज उर्जा खोजिरहेछु
ता कि भोलि कुनै जन्मदातालाई ढुँग्रो फुक्न नपरोस्

कयौं रात पीडा पिएर झारेको मोतिका दानामा
म आज हर्षको लर्को खोजिरहेछु
ता कि भोलि कुनै माताले पीडा पानी सरि पिउन नपरोस्

तिमीले बिर्सियौ होला
पटुकीमा बाँधेर बचाएको बीस रूपैयाँ बाट खुसुक्क दस रूपैयाँ बुवालाई नदेखाइँ दिएको

त्यो थोत्रो धोती र चोलोमा
आज म इज्जत खोजिरहेछु
ता कि भोलि कुनै नारीलाई लुकी हिँड्न नपरोस्

हामी सबैको सृष्टिकर्ता
आशीष देउ हामीलाई
आफूलाई हरदिन बलेर जलाएर बालेको प्रकाशमा
यस्तो ज्योति खोज्न सकौं
भोलि कुनै आमालाई अन्धकारको भुमरीमा बाँच्न नपरोस्

सन्दीप आचार्य “सासन ”
तुल्सिपुर -४- दाङ !

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *