कविता ‘आमा ‘ अबिसेक डाँगी

दाङ ,
आज आमाको मुख हेर्ने दिन रे,
यो कस्तो दिन हो आमा,
वर्षमा एक पटक मात्र आउँने ?
मलाई लाग्थ्यो
आमाको मुख हेर्न
कुनै दिन तोकिएको हुदैन, तर
आज कानमा गुन्जियो
आमाको मुख हेर्ने दिन।
आमा तपाईलाई आज हामीले
बढी सेवा माया ममता गर्नुपर्ने ?
अनी भोली कम ?
के तपाईले मलाई
भोली चोट लाग्दा आफ्नो आशु रोक्न सक्नु हुन्छ ?
हैन भने किन उनीहरुले यो दिन बनाका ?
आमा तपाईको छहारिमा
हरेक दिन रमाउदै
चरण स्पर्श गर्छु म, अनि मनमनै पूजा गर्छु।
मलै तपाईलाई कुनै दिन कम
कुनै दिन बढी पूजा गर्न सिकेको छैन।
फेरी आज यो कस्तो दिन आएको ?
आमा तपाईको आशिष छ
र त मेरो अस्तित्व छ,
यो सृष्टि छ।
र मैले सिकेको छु,
सत्यको बाटो हिंड्न हिडाउन।
आमा भन्नुस न, “तपाईले
मेरो मुख हेर्न कुनै दिन कुर्नु नपर्ने
तर मैले किन
तपाईको मुख आज मात्र हेर्नु पर्ने ?”
म पनि तपाईलाई
तपाईले मलाई गर्नु भए जति नै माया गर्छु।
यो कस्तो संस्कृति ल्याएका उनिहरुले,
आफ्नै आमाको मुख हेर्न पनि
दिन कुर्नुपर्ने।
आमा किन उनिहरुले भनेका,
आज तपाईलाई
भेट गरी मुख हेर्नै पर्छ र ?
मिठो मसिनो खुवाएर आशिष लिनै पर्छ ?
हिजो, अस्तिको माया ममता
ती सबै स्वार्थको खेल थियो र ?
आमा, आज म तपाई भन्दा टाढा छु,
भेट्न सक्दिन, के
तपाई प्रतीको मेरो माया कम हुने हो ?
आज मात्र उनिहरुले किन जसरी भए पनि
आमाको मुख हेर्नू भनेका हुन आमा ?

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *