कोरोना कहर: ५ बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं, बैशाख २९। कोरोना संक्रमण तिब्र बन्दै गएपछि नेपालमा निषेधाज्ञा जारी गरिएका जिल्ला ७२ पुगेको छ । लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ।

मन्त्रिपरिषद्को निर्णयानुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन्। मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण ९जिल्लाभर० र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ।

निषेधाज्ञा घोषणा गरिएकामध्ये सात जिल्ला काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन्। नेपालका ७७ वटा जिल्ला मध्ये मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी ५ वटा जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन्।

तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने ब्यवस्था छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *