नेपाल पत्रकार महासंघको आइस्योलेसनका लागि सहयोग उठ्नेक्रम जारी

k
घोराही वैशाख ३० । नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चारकर्मी र अफ्ठेरोमा परेकाहरुका लागि सञ्चालन गर्न लागि रहेको कोरोना आइस्योलेसन सेन्टर सञ्चालन गर्नका लागि मनकारी व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोग उठ्नेक्रम जारी छ । यहीक्रममा गोरखा ग्र्रुपले पत्रकार महासंघलाई २५ हजार सहयोग गरेको छ । ग्रुपका सिइयो नवल जिएमले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, निवर्तमान अध्यक्ष सविन प्रियासनलाई आइस्योलेसन सञ्चालनका लागि २५ हजारको चेक हस्तान्तरण गर्नुभएको छ । निर्माण व्यवसायी बलिभद्र रानाको विशेष पहलमा गोरखा ग्रुपले उक्त सहयोग गरेको हो ।
यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चालन गरेको कोभिड आइस्योलेसन वार्डका लागि घोराही निवासी धिताल पोल्ट्रि फर्म तथा शुभम कस्मेटिक सेन्टरका सञ्चालक रुद्र शर्माले पाँच हजार सहयो गर्नु भएको छ । पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासनलाई शर्माले उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
यसैगरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ दाङले आइस्योलेसन सेन्टरका लागि पानी तताउने अत्याधुनिक मेशीन सहयोग गरेको छ । संघका अध्यक्ष दिपक पाण्डे, उपाध्यक्ष शालिकराम खनालले महासंघका अध्यक्ष दुर्गालाल केसी र निवर्तमान अध्यक्ष सविन प्रियासनलाई उक्त मेशिन हस्तान्तरण गर्नु भएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *