आज दाङमा थपिए ३ सय बढी कोरोना संक्रमित, ८१ जना निको

दाङ, बैशाख ३०। दाङमा आज ३ सय बढी कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र जिल्ला बाहिर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी तुलसीपुरका १५४ जना रहेका छन् । त्यसपछि घोराहीका १४८, लमही र दंगिशरणका ८÷८ जना, शान्तिनगराक ५ जना रहेका छन् ।

त्यसैगरी बबई गाउँपालिकाका ४, राप्ती गाउँपालिकाका ३, गढवाका २, राजपुर र बंगलाचुलीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।

यससँगै दाङमा बैशाखयतामात्रै ४ हजार ३७८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै जिल्लामा आज थप ८१ जना संक्रमणमुक्त भएका छन् । यससँगै बैशाख महिनामा मात्रै जिल्लामा १ हजार ७१२ जना निको निको भएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *