राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट केही हप्तामै सञ्चालन हुने अक्सिजन प्लान्ट सञ्चालनका लागि गोरखा ग्रुपद्वारा दुईलाख सहयोग

घोराही वैशाख ३० । कोरोना महामारीका कारण अक्सिजनको व्यापक सटेज भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण कार्यका लागि प्रक्रिया सुरु भएको छ । अबको केही हप्तामै सञ्चालनमा ल्याउने गरी प्रतिष्ठानले अक्सिजन प्लान्ट जडानका लागि टेण्डर आव्हान गरेको छ । अक्सिजन प्लान्ट निर्माण भएमा प्रतिष्ठानमा जडान गरिएको आइस्यूलगायतका उपकरणहरुमा पाइपलाइनबाटै विरामीले अक्सिजन प्राप्त गर्नेछन् । दैनिक एकसयको हाराहारीमा अक्सिजन सिलिन्डरमा समेत उक्त प्लान्ट बाट अक्सिजन भर्न सकिनेछ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान भएमा यस क्षेत्रमा नै अक्सिजनको समस्या हट्ने प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको भनाइँ छ ।
यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट सञ्चालन गर्न सहयोग होस भन्ने उद्देश्यले गोरखा ग्रुपले दुईलाख एक हजार सहयो गरेको छ । गग्रुपका सिइयो नवल जिएमले प्रतिष्ठानलाई उक्त रकम चेक मार्फत हस्तान्तरण गर्नुभएको छ । निर्माण व्यवसायी बलिभद्र रानाको विशेष पहलमा ग्रुपले उक्त रहक सहयोग गरेको हो । रकम हस्तान्रण कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिष्टार्ड झंकार लामिछाने, ग्रुपका व्यवस्थाक बसन्त पुन, दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, महासंघका निवर्तमान अध्यक्ष सविन प्रियासनलगायतको उपस्थिति थियो । गोरखा ग्रुपले प्रतिष्ठानमा तत्काल अक्सिजनको कमि हुन नदिनका लागि ३० वटा सिलिन्डरमा अक्सिजन रिफिल गर्नकालागि ३६ हजार समेत सहयोग गरेको छ । प्रतिष्ठानमा अक्सिजनका लागि सहयोग गर्ने गोरखा ग्रुपलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले धन्यवाद ज्ञापन गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *