दाङमा जेठ पन्ध्र गतेसम्म लकडाउन

मुना खनाल
दाङ, २४ बैशाख ।
कोरोनाका कारण दिनप्रतिदिन मानिसहरुले ज्यान गुमाउन थालेपछि दाङमा थप जेठ पन्ध्र गतेसम्म लकडाउन थपिएको छ । कोरोना माहामारीको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई आउदो पन्ध्र गते सम्म लम्व्याउने निर्णय भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला कोरोना भाइरस (कोभिड १९) संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस भन्दा पहिले गएको बैशाख सत्रगते देखि भोलि जेठ १ शनिवार सम्मका लागी लकडाउन गरिएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *