दाङमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

दाङ, बैशाख ३१। आज दाङमा थप १ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तुलसीपुरका ७७ जना, घोराहीका १९, लमहीका १४, दंगीशरण र बबईका ५र५ जना, राप्तीका ४ र शान्तीनगरका २ जना रहेका छन् ।

यससँगै बैशाखयता कुल संक्रमितको सख्या ४ हजार ५ सय ४ जना पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार ७ सय १६ रहेको छ । यस्तै आज ७१ जना निको भएका छन् । यससँगै बैशाखयता जिल्लामा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *