सुरक्षाकर्मी सहित पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

शिवु खनाल
दाङ, २ जेठ
देउखुरीमा क्रियासिल पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको छ । दाङको लमहीमा रहेको बिपि पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर प्राली तथा नेपाल औसधि ब्यवसायी संघ दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेलले कलम, डायरी, सेनिटाइजर, मास्क, ग्लोब्स, भिटामिन “बि ” लगायत गरि बीस हजार बराबरको स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले कोरोना भाइरस जस्तो डरलाग्दो रोगबाट आफू पनि बचौ र अरुलाई पनि बचाउन आग्रह गर्दै जोगिएर आफ्नो क्षेत्रमा काम गर्न पत्रकारहरुलाई अनुरोध गरेका छन्।

स्वास्थ्य सामाग्री गृहण गर्दै प्रदेश उपाध्यक्ष आचार्यले ज्यानको प्रवाह नगरी समाचार संकलनमा खटिने पत्रकारहरुको सुरक्षालाई ख्याल गरेर स्वास्थ्य सामाग्री दिएको प्रती आभार प्रकट गरेकी छन् ।

त्यसै गरि मेडिकल संचालक पौडेलले वडा प्रहरी कार्यालय लमहीलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेका छन । प्रहरी नायब उपरीक्षक पुरान मल्ललाई सेनिटाइजर, मास्क, ग्लोब्स प्रदान गरेका हुन ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *