घाटमा बुवाको अन्त्योष्टि नसकिँदै छोराको पनि मृत्यु

दाङ,दाङमा एउटा यस्तो घटना घट्यो जो पत्याउनै गारो भयो। दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो (हिजो) स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार गरिँदै थियो।

टोपबहादुरको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएको थियो। त्यसपछि शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।

पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा बुबाको आइतबार मृत्यु भएको थियो ।
सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्यु भयो भन्ने खबर आयो ।

तर बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन। आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए ।
कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *