खाली हुन् थाले उपत्यकाका अस्पताल, यी अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर (सूचीसहित)

जेठ, काठमाडौँ ।  केही दिन अगाडी सम्म खचाखच काठमाडौँका अस्पलातका आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली हुन् थालेका छन्।

बाहिर कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको ब्यापक जनगुनासो आइरहँदा तथ्याङ्कमा  भने ठूलो संख्यामा बेड खाली रहेको पाईएको  छ।

कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार  सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड,२ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौँका ति १९ अस्पतालहरुमा आइसोलेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको छ।

त्यस्तै ४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बिरामी छन्। भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ। यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन्।

शसस्त्र प्रहरी बल अस्पतालमा ९ वटा आइसोलेसन र ९ वटा आईसीयू बेड खाली छन्। वीरेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ वटा भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

त्यस्तैगरी  वीर अस्पतालमा पनि सबै खालका बेड उपलब्ध छन् भने नेपाल प्रहरी अस्पतालमा ९३ वटा आईसीयू बेड खाली छन्। त्यहाँ आइसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन्।

यस्तो छ काठमाडौँका १९ अस्पतालको तथ्यांक 

Hospital-beds.jpg

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *