अमेरिकामा बस्ने नेपालीले गरे दंगीशरणलाई एघार लाख बढि आर्थिक सहयोग

तुलसीपुर, ५ जेठ । पश्चिम दाङको दंगीशरण गाउँपालिकालाई एघार लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ ।गाउँपालिकाले बागरमा सन्चालन गरेको अक्सिजन सहितको आईसोलेसनमा अक्सिजन सिलिण्डर खरिद तथा ब्यबस्थापनका लागी अमेरिका बस्ने गाउँपालिका बासीले एघार लाख उन्नाईस हजार नौ सय असी (११,१९,९८०) रुपैया सहयोग गरेका छन् ।

कोरोना संक्रमित विरामीहरुको उपचारका लागी थप सहज होस् भन्ने उद्देश्यका साथ उनीहरुले उक्त रकम सहयोग गरेका छन् । बिपदको यो समयमा सहयोग गर्ने सहयोगदाता नेपालीहरु प्रति गाउँपालिकाले धन्यावाद ज्ञापन गरेको प्रेस सल्लाहकार दिप्तीशिखा चौधरीले जानकारी दिनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *