बुधबार नेपालमा ७ हजार बढी कोरोना संक्रमित निको, २४६ जनाको मृत्यु

काठमाडौं, जेठ ५। नेपालमा वितेको २४ घण्टामा ७ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार वितेको २४ घण्टामा ७ हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका हुन । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै वितेको को २४ घण्टामा कोरोना सङ्क्रमणबाट २सय ४६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *