निको हुँदै संक्रमीत

कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा भने सुधार हुँदै गएको छ । गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४०७ जना र ८७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६०७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ भने तीन लाख ७४ हजार ८३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८९० रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *