कांग्रेस नेता घिमिरेको ठहरः सभापति देउवाले ठूलो राजनीतिक भुल गरे

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर देउवाले गलत काम गरेको बताउनुभयो ।

समाजिक सञ्जाल मार्फत नेता घिमिरेले भन्नुभएको छ ‘नेकपा एमाले माधव नेपाल समूहका २७ जना सांसदको हस्ताक्षर सहित १४९ सांसदहरूका हस्ताक्षर लिएर तपाईं राष्ट्रपतिजीकाहाँ प्रम पदकालागि दरखास्त हाल्न जानुभयो र राष्ट्रपति भण्डारीजीले तपाईंलाई प्रम पदमा मनोनित गरिदिने अपेक्षा राख्नु भयो । यो ठूलो राजनीतिक भूल थियो ।’

घिमिरेले पार्टी नफुटिकन माधव नेपालहरूले कसरी मतादन गर्न सक्थे भन्ने प्रश्न गर्दै भन्नुभएको छ ‘फेरि दलीय संसदीय परिपाटिमा विश्वास राख्ने नेपाली काँग्रेस पार्टिले यस्तो निर्दलीय चरित्रलाई प्रसय दिनु आफैंमा पार्टिलाई एउटा कलंक पनि हो १ फेरि यसैलाई नजीर वनाएर भोलिका दिनहरूमा काँग्रेसका केहि सांसदहरूलाई अरुले प्रयोग गरेमा के आधारमा विरोध गर्ने रु’

उहाँले २०५० सालमा कांग्रेसले संसदमा भोगेको नियति सम्झाउँदै अघि भन्नुभएको छ ‘फेरि २०५० सालमा सरकारको नीति र कायक्रम संसदबाट नेपाली कांग्रेसका ३६ सांसदको अनुपस्थितिले गर्दा पारित हुन नसकि देशलाई मध्यावधि निर्वचनमा धकेलेको पिडाले विग्रिएको नेपालको राजनीतिले अझै पनि स्थिरता पाउन सकेको छैन , जानिफकार आफैं हुनुहुन्छ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *