अमेरिकाबाट पठाएको पैसाले दंगीशरणले किन्यो ३० वटा अक्सिजन सिलिण्डर

तुलसीपुर
९-जेठ/ दंगीशरण गाउँपालिका घर भई हाल रोजगारको सिलसिलामा अमेरिका रहेकाहरुले सहयोग गरेको रकमबाट गाउँपालिकाले ३० वटा सिलिण्डर किनेको छ । दंगीशरण गाउँपालिकामा सिलिण्डर किन्नकालागि अमेरिकाबाट ११ लाख १९ हजार ९ सय ८० रुपैँया सहयोग गरेका थिए । सोही रकमबाट ३० वटा सिलिण्डर खरिद गरि गाउँपालिकाले सञ्चालनमा ल्याएको बागर स्थित आइसोलेशन सेन्टरमा हस्तान्तरण गरिएको प्रबक्ता विरबहादुर ओली(विरु)ले बताए ।

उनका अनुसार गाउँपालिका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पीमा खड्का, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलसहितको टोलीले अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । यो संगै अब बागरमा २५ बेडको आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ ।“ आज ल्याईएका ३० सहित गाउँपालिकामा ४५ वटा अक्सिजन सिलिण्डर छन्, भने चारवटा अक्सिजन कनस्ट्रेटर खरिदको प्रक्रियामा छ”, प्रबक्ता ओलीले भने“ ति चारवटा आएपछि पश्चिम दाङमै हामीले प्रभाबकारी उपचार दिन सक्छौं ।” ३० वटा सिलिण्डर किनेसंगै आफूहरुलाई निकै सहज भएको समेत उनको भनाई छ । मुलुकलाई अफ्टेरो परेको बेला यसरी हुने सहयोगले गाउँपालिकालाई सहयोग पुगेको प्रबक्ता ओलीले बताए ।

अमेरिकाबाट अक्सिजनकालागि रकम सहयोग गर्ने दंगीशरणवासीहरुलाई गाउँपालिका अध्यक्ष चौधरीले धन्यवाद पनि दिए । दंगीशरणमा अक्सिजन अभाब हुन नदिन आफूहरुको अनुरोध अनुसार नै सहयोग आएको अभियनता नबीन थापाले बताए गाउँपालिकाका प्रबक्ता तथा दंगीशरण ७ का वडाध्यक्ष विरबहादुर ओली, वडा नं. ५ का अध्यक्ष दीपक गौतम, अभियन्ता नविन थापा मगर, नेपबहादुर कुँवर, श्रीप्रसाद चौधरीको समूह सक्रिय रहेको छ । अस्पतालमा पर्ने हरेक समस्या समाधान गर्न उक्त टोली सक्रिय रहनेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *