बाँकेमा उपचारर दाङका २ जना र बर्दियाका ३ जना कोरोना संक्रमितको मृत्यु

बाँके, जेठ १०। बाँकेमा उपचारर दाङका २ जना र बर्दियाका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ७१ वर्षीय पुरुष र लमही नगरपालिका–४ का ४३ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बर्दिया ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुष, बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५५ वर्षीय पुरुष रहेको वलीले जानकारी दिनुभयो । ३ जनाको नेपालगन्ज स्थित भेरी अस्पतालमा र २ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

योसँगै बाँकेमा उपचारका लागि अन्य जिल्लाबाट आएका २४५ जनाको मृत्यु भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *