कोरोना महामारीलाई नियन्त्रण गर्न बाकेमा ५औँ पटक निषेधाज्ञा जारी:एक हप्ता लम्बियो

बाँके, जेठ १०। बाँकेमा कोरोना महामारीलाई नियन्त्रण गर्न ५औँ पटक निषेधाज्ञा जारी गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय बाँकेले आदेश जारी गर्दै एक हप्ता थप निषेधाज्ञा लम्बिएको जानकारी दिएको छ। पहिलो पटक बाँके जिल्ला भर बैशाख १३ गतेदखि २० गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय ४ पटक निषेधाज्ञा थप गर्दै जेठ १० गते (२८ दिन ) आजसम्म पुर्याएको थियो ।

आज फेरि हक हप्ता निषेधाज्ञा थप गर्दै जेठ १७ (३५ दिन ) गतेसम्म निषेधाज्ञाको समय लम्बिएको छ । दोस्रो लहरको कोरोना संक्रमण तिब्र बन्दै जाँदा नेपालमा सबै भन्दा पहिले निषेधाज्ञा जारी गरिएको थियो । कोरोनाको हटस्पट बनेको बाँकेमा अहिले भने विस्तारै नियन्त्रण हुँदै गएको छ । पछिल्लो दिनमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको जिल्ला कोभिड १९ संकट व्यवस्थपन केन्द्र बाँकेले जनाएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *