देशभर आज ७४२५ जनामा संक्रमण, ७१३५ जना निको

काठमाडौं, जेठ १०। जेठ १०। नेपालमा थप ७ हजार ४ सय २५ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा २० हजार ४ सय ५३ जनामा परिक्षण गर्दा थप ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज ७ हजार १ सय ३५ जना निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या भने १ लाख १५ हजार ४४७ जना रहेका छन् । यस्तै आज थप १ सय ८५ जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको कुल संख्या ६ हजार ५ सय ३१ पुगेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *