कोरोना उपचारलाई सरकारले साढे ३१ अर्ब ऋण लिने

११ जेठ,काठमाडौं । कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने भएको छ ।

यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड–१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।यसैगरी एशियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताएको समाचार नागरिक दैनिकमा छापिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *