दाङमा झुन्डिएको अवस्थामा महिला र पुरुष मृत फेला

दाङ, जेठ ११। दाङमा रुखमा झुण्डीएको अवस्थामा एक महिला र पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) मुकुन्द रिजाले जानकारी दिनुुभयो । महिलाको भने परिचय खुलेको छैन ।

जेठ ८ गते घर्ती घरबाट निस्किएका थिए । तीन दिनपछि आज उनीहरु घरदेखि करिव ३०० मिटर टाढा आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रवक्ता रिजालले बताउनुभयो । उहाँका अनुसार मृतक दुबै जनाको शव पोष्टमाटमकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

 

यस अघि आजै विहान प्युठानमा पनि आमासहित छोरा र छोरी गरी तीन जना पनि झुण्डीएको अवस्थामा मृत फेला परेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *