बेनीबाट सल्यान कपुरकोटका लागि छुटेको जिप दाङमा दुर्घटना

कृष्ण अधिकारी
१३ जेठ,
बेनीबाट सल्यान कपुरकोटका लागि छुटेको यात्रुबहाक जिप दाङमा दुर्घटनामा परेको छ । १२ जना यात्रु ल्याएर आएको रा १ज ५१५ नम्बरको जीप आज(विहीबार) तुलसीपुर १८ रङ्गशाला नजिकै दुर्घटनामा परिेको हो । अपरान्ह पौने ४ बजेतिर दुर्घटना हुँदा ४जना घाईते भएका छन् ।
घाईते हुनेमा ललित बिक, गगन बाँठा, सन्तोष बिक र दोर्ण बिक घाईते रहेका छन् । घाइते मध्ये सन्तोष बिक र दोर्ण बिकलाई गम्भिर चोट लागेको छ । घाईतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको प्रहरीले जानकारी दिएको छ । साथै घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *