एउटै कार भित्र दाङका तीन बालकको मृत्यु‘निशास्सिएर’ भएको प्रहरीको निष्कर्ष

१३ जेठ ,घोराही । दाङको तुलसिपुरमा एउटै कार भित्र मृत अवस्था फेला परेका तीन बालकको मृत्यु निशास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । बालकको मृत्यु निशास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताउनुुभयो ।

‘ एक दूई दिन अगाडि मात्रै भिसेरा रिपोर्ट आयो,’ सिंहले भने ‘ त्यो रिपोर्टमा बालबालिकाको मृत्युको कारण (सोफोकेशन) निशास्सिएर भएर भन्ने खालको छ ।’ तीन बालकको मृत्यु अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निशास्सिएर भएको भन्ने उल्लेख रहेको डिएसपी सिंहलेबताउनुुभयो ।लकडाउनको समयमा लामो समयदेखि बन्द कार भित्र खेल्दै गएका बालबालिका भित्र प्रबेश गरेपछि त्यहाँ गाडिबाट चुहिएको मोबिल लगाएतले मोनोअस्क्साईड निर्माणमा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।
बैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए । तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *