भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि आक्रमण, झ्यालबाट हाम फालेर जोगाए ज्यान

बाँके, जेठ १४ । बाँकेमा रहेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमार्थि गएराती विरामीको मृत्यु भएपछि आफन्तिहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । दाङ तलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । काभिडबाट गम्भीर विरामी परेका रावतको बिहीबार भेन्टिलेटरमा राखेर उपचार गर्ने समयमा हिजो साँझ ८ बजे मृत्यु भएपछि चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफ्न्तले स्वास्थयकर्मीमाथि आक्रमण गरेका हुन ।

उनीहरुले आक्रमण गर्न थालेपछि स्वास्थ्यकर्मीले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान बचाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताउनुभयो । चार चिकित्सक र नर्सले झ्यालबाट हाम फालेर ज्यान जोगाएको उहाँले जानकारी दिनुभयो। केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिटसमेत गरेका छन् । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरुले आक्रमण गरेपनि स्वास्थ्यकर्मीलाई ठूलो चोटपटक लागेको छैन ।

 

स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा मृतकका भाइ मानबहादुर रावतसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका एसपी ओमबहादुर रानाले बताउनुभयो ।

यसैबीच अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मीलाई लखेटी लखेटी आक्रमण गरेको भन्दै निन्दा गरेको हो ।

आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको नर्सिङ संघ बाँकेले निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । संघका बाँके अध्यक्ष लक्षमी केसी ओलीले आज विहान जारी गरिएको विज्ञप्तीमा भनिएको छ (‘बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको नेपाल नर्सिङ संघ बाँँके भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको छ। निरन्तर श्रृंखलाबढ ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कार्बाहि गर्न र आगामी दिनमा शान्ति पुर्ण बाताबरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने बाताबरण मिलाउन नेपाल सरकार र स्थानीय प्रशासन समक्ष हामी जोडदार माग गर्दछौं ।’

भेरी अस्पतालमा बिरामीको सेवामा यो कोरोना महामारीको कहरमा जिवनलाइ समेत हत्केलामा राखी सेवारत जनस्वास्थ्यकर्मी माथि भएको सांघातिक आक्रमणका दोषीहरुलाइ कार्बाही र सुरक्षाको प्रत्याभूतिका लागि राती अबेर सम्म भएको छलफल टुंगोमा नपुगेको भन्दै बांँके जिल्लाभरका नर्सिङकर्मीहरु, आम स्वास्थ्यकर्मी र चिकित्सकलाई आज विहान ८ बजे भेरी अस्पतालको प्राङ्गणमा भेला हुन पनि उहाँले विज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *