आज बजेट सार्वजनिक हुँदै, प्राथमिकतामा वृद्धभत्ता देखि स्वास्थ्य सम्म

१५ जेठ,घोराही –सरकारले आज (शनिबार) अध्यादेशबाट बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नभएका बेला सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो । संसद नभएको बेला पूर्ण आकारको बजेट ल्याउन नहुने खबरदारी भइरहेका बेला सरकारले त्यसलाई बेवास्ता गर्दै बजेट ल्याउन लागेको छ । सरकारले करिब १६ खर्बको बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

अर्थ मन्त्रालयले कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार तथा खोप खरिदलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको बुझिएको छ । त्यस्तै बजेटले कात्तिक २६ र मंसिर ३ मा हुने भनिएको प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई समेत आवश्यक बजेट व्यवस्था गर्ने बताइएको छ । त्यस्तै बजेटले वृद्धभत्ता वृद्धि जस्ता लोकप्रिय कार्यक्रमलाई पनि समेट्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

आज ११ बजे मन्त्रिपरिषद् बैठकले बजेट पास गरेपछि अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बुझिएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *