सहकारी संस्थाबाट नगद एक लाख चोरी

दाङ ,
१५-जेठ/ दाङको गढवा गाउँपालिका ४ रामनगरस्थित ओम वचत तथा ऋण सहकारी संस्थाबाट नगद ९ लाख रुपैयाँ चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार अपरिचित व्यक्तिले उक्त सहकारीको झ्याल फोडेर प्रवेश गरी लकरमा रहेको उक्त नगद चोरी गरी फरार भएका छन् ।

उनीहरुको खोजी कार्य भइरहेको छ । बिहीबार राति चोरी भएपनि अहिलेसम्म पत्ता लाग्न नसकेको ईप्रका गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए । यस विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *