बारीमै थन्कियो किसानको तरकारी तरकारी विक्रि नहुदा काटेर फाल्नुपर्ने अवस्था

शिवु खनाल
दाङ, १५ जेठ
कोरोनाको महामारीबाट जोगिन लगाइएको निषेधाज्ञाले यहाँका किसानले उत्पादन गरेको तरकारी बारीमै थन्किएको छ । विक्रिका लागि तयारी अवस्थामा रहेको तरकारी लैजान व्यापारी नआएपछि किसान चिन्तित भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ४ घुम्ना निवासी देवीप्रसाद चौधरीले करिब अठार कठ्ठा जग्गामा लगाएको तरकारी विक्रि नहुदा गाईभैसीको लागि दानाको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता भएको बताउनुभयो ।
स्थानीय बजारसम्म तरकारी पु¥याउन र पु¥याएको तरकारी पनि विक्रि नभएपछि बारीमै सड्न थालेको छ, उहाँले भन्नुभयो,–। ‘तरकारी विक्रि नहुदा बारीमा काटेर फाल्नुपर्ने अवस्था सृजना भएको छ ।’ कोरोना भाइरल (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकगामको लागि दाङ सहित मुलुकभर निषेधाज्ञा जारी गरिएको छ । वरपरका स्थानीय बजार पूर्णरूपमा ठप्प छन्, उहाँले भन्नुभयो, गतवर्षको बन्दाबन्दीले भन्दा यसवर्ष निषेधाज्ञाले किसानलाई बढि घाटा पु¥याएको छ । बारीमा भिन्डि, बोडि, करेला, लौका, भान्टा लगायत अन्य तरकारी त्यति कै थन्किएका छन् ।
यता गढवा गाउाँलिका ५ नम्बर बोदिपुर निवासी हेमनारायण चौधरीले छ कठ्ठा जग्गामा तरकारी लगाएको तरकारी त्यतीकै बारीमा थन्किएको बताउनुभयो । उहाँले गतवर्ष भन्दा यसवर्ष झनै घाटा हुने बताउनुहुदँै यसपाली तरकारी खेतीमा लगाइएको लगानी समेत उठाउन हम्मे हम्मे भएको बताउनुभयो । विक्रिका लागि तयारी अवस्थामा रहेको तरकारी बारीमै थन्किदा दाङ सहित विभिन्न जिल्लाका किसानहरु चिन्तित भएका छन् । व्यवसायी रुपमा तरकारी खेती गर्दै आएका किसानहरु कोभिडका कारण दुईवर्ष यता निकै मारमा परेका छन् । किसानहरुले उत्पादन गरेको तरकारीहरु यतिबेला स्थानीय बजार एवम् जिल्लाका विभिन्न बजारमा खपत हुन्थ्यो तर, लकडाउनका कारण तरकारीहरु बारीमै सड्ने गरेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *