कोरोना सङ्क्रमित बिरामीलाई नि:शुल्क सिस्नो पाउडर

रुकुम, जेठ १८। स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नोको धुलो (पाउडर) कोरोना सङ्क्रमित भएर आइसोलेशनमा भर्ना भएका बिरामीहरुलाई निस्शुल्क रुपमा उपलब्ध गराइएको छ ।

 

रुकुम पश्चिममा सिस्नोको पाउडर उत्पादन गरिरहेको हिमालय सिस्नो पाउडर उद्योगले जिल्ला अस्पताल सल्लेको आइसोलेशन अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरुलाई खुवाउनको लागि सिस्नोको धुलो उपलब्ध गराएको हो ।

हिमालय सिस्नो पाउडर उद्योगका सञ्चालक सुन्दर शर्माले निस्शुल्क खाना खुवाउने अभियानमा रहेको टिमलाई अभियानको अवधिभर बिरामीको इच्छा, माग र आवश्यकता अनुसार सिस्नोको धुलो उपलब्ध गराउने बताउनुभयो । स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नोको सेवनले मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दीर्घरोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने, प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ पाइने गर्दछ ।

स्वस्थकर र स्वादिष्ट मानिने सिस्नो पाउडर प्राकृतिक हिसाबले समेत शुद्ध मानिन्छ । ‘पाउडरको रुपमा उत्पादन गरिएको सिस्नो खानाको विभिन्न परिकारसँग र नियमित चियाको रुपमा समेत उपभोग गर्न सकिन्छ’, उद्योग सञ्चालक शर्माले भन्नुभयो, ‘रोग प्रतिरोधी क्षमता विकासमा महत्त्वपूर्ण हुने भएकाले सङ्क्रमितलाई हित हुने र निस्शुल्क खाना खुवाउने अभियानमा ऐक्यबद्धता जनाउन सिस्नोको धुलो उपलब्ध गराइएको हो ।’

अहिले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा मेस सञ्चालन गरेर त्यहीँबाट खाना, नास्ता प्याक गरेर निस्शुल्क रुपमा खुवाउँदै आइएको छ । उज्यालो अनलाइनबाट ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *