बाेहरा परिवारद्वारा काेभिड अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण

शिवु खनाल
देउखुरी, १७ जेठ
दाङको गढवा गाउँपालिकाले संचालनमा ल्याएको काेभिड अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । देउखुरीको लमही र गढवा बजार स्थित युनिक मोवाइल तथा इलेक्ट्रोनिक्स पसलका संचालक बिमला शर्मा बोहराले गढवाकाे कोभिड विशेष आइसुलेशनलाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।

संचालक शर्मा बोहरा र उनका श्रीमान् देउखुरी उद्योग बाणिज संघ लमहीका सदस्य नुमाकान्त बोहराले गढवा गाउँपालिकाले संचालनमा ल्याएको कोभिड अस्पतालमा पुगेर अस्पतालका इन्चार्ज सुर्यनारायण यादवलाइ पिपिइ सेट, मास्क, हेण्ड बाँस, ग्लोब्स र सेनेटाइजर गरि दशहजार पाँच सय पचपन्न रुपैया बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।

बाेहरा परिवार विगत देखि सामाजिक क्षेत्रमा सक्रिय हुनुका साथै गतवर्ष पहिलो काेभिडकाे लहरमा लकडाउनले मारमा परेका मजदुरलाई राहत स्वरूप खाद्यान्न वितरण गर्नुभएको थियोे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *