चीनमा एक व्यक्तिमा दुर्लभ प्रकारको बर्ड फ्लू पहिलो पटक पुष्टि

काठमाडौं, जेठ १९ । चीनमा एक ४१ वर्षिय पुरुषमा बर्ड फ्लू संक्रमण भएको पुष्टि भएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बिबिसी नेपालीले लेखेको छ। उनी जाङ्सू प्रान्तको भएको बताइए पनि परिचय भने खुलाइएको छैन । ति पुरुषलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिइएको छै्रन ।

एच वान जेरो एन थ्रि नामको भाइरस ति पुरुषमा देखिएको जनाइएको छ। यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिए पनि एच वान जेरो एन थ्रि नामको भाइरस मानिसमा सरेको भने पहिलो पटक पुष्टि भएको ग्लोबल टाइम्सलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

अहिले ति पुरुष निको भएर घर फर्किसकेका छन् भने कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएको छैन । बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो। त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरस एच वान जेरो एन थ्रि सङ्क्रमण भएको पुष्टि भएको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *