लमहीमा नुहाउन गएकी बालिकाको खोलामा डुबेर मृत्यु

दाङ, जेठ १९। दाङको लमही स्थित अर्जुन खोलामा नुहाउने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ। आज विहान साथीहरुसँग नुहाउन गएकी लमही नगरपालिका वडा नम्बर ७ कमानपुर निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो।

बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग नुहाउन गएकी थिइन्। बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *