विद्यालयलाई परीक्षा शुल्क नउठाउन घोराही उपमहानगरको निर्देशन

दाङ, जेठ १९। दाङको घोराही उपमहानगरपालिकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परीक्षा शुल्क नउठाउन निर्देशन दिएको छ । कोरोना भाइरसका कारण भौतिक रुपमा उपस्थित भई परीक्षा सञ्चालन गर्ने नसक्ने अवस्था रहेकाले परिक्षा शुल्क नउठाउन निर्देशन दिएको हो ।

नगर शिक्षा समितिको यही जेठ १८ गते वसेको बैठकले वार्षिक परीक्षा शुल्क नउठाउने निर्णय गरे अनुसार विद्यालयलाई निर्देशन दिएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *