मजदुर एकता समाजद्वारा अन्तर्राष्ट्रिय उडान नियमित गराउन सरकारको ध्यानाकर्षण

 

राम प्रसाद सुबेदी संगम । काठमाडौं जेठ २० गते। मजदुरका लागी मजदुर अभियान भन्ने नारा बाेकेर बिगत केही बर्ष देखि प्रवासी नेपाली हरुको स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्दै आएको नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले वैदेशिक रोजगारीमा विभिन्न कारण समस्यामा परेका अथवा कोरोना भाइरसको कारण अलपत्र श्रमिक हरुको उद्दार गर्न नेपाल सरकारद्वारा बनाइएको संयन्त्र द्रूत प्रतिकार्य समूह (Rapid Response Team) तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएकाे छ ।

नेपाल लगाएत विभिन्न मुलुकहरुमा कोरोना भाइरस कोभिड-१९ को कारण अवरुद्ध हुन पुगेको नियमित अन्तर्राष्ट्रिय उडानहरुको कारण वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया , साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स युएई , कतार बहराइन,ओमन लगाएतका देशहरुमा भिसा अवधि सकिएका नेपाली श्रमिकहरु र उक्त देशहरुमा कार्यरत रहदा विभिन्न कारण मृत्यु हुन पुगेका नेपाली श्रमिकको शव अलपत्र पर्न थालेको गुनासो र जानकारी हामीलाई दिनहु जसो निरन्तर अाएपछी समाजका प्रबक्ता बिजय भुसालले एक बिज्ञप्ती जारी गर्दै युएईको हकमा कम्तीमा प्रत्येक दिन एउटा वाइडबडी फ्लाईट तेस्तै मलेशिया र साउदीमा हप्तामा एउटा वाइडबडी र अन्य देशमा पनि आवश्यकता अनुसार फ्लाईट गर्ने व्यवस्था मिलाएर प्रतीक्षारत श्रमिक र मृतकका शव लाई अविलम्ब नेपाल फर्काउन संयन्त्र र नेपाल सरकारले तत्कालै आवश्यक प्रक्रिया अगाडी बढाउने अनुराेध गरेकाे छ।

विगतको वर्षमा झै यो वर्ष कुनै पनि देशमा श्रमिकहरु अलपत्र र भोकभोकै दयनीय अवस्थामा स्वदेश फर्किने दिन गन्दै बस्नुपर्ने अवस्थाको सिर्जना हुन नदिन अहिले नै नेपाल सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउन समेत हाम्रो संस्था नेपाली मजदुर एकता समाज नेपाल सरकारद्वारा बनाएको संयन्त्र तथा नेपाल सरकार समक्ष माग गरेकाे छ ।

प्रत्यक्ष श्रमिक र दूतावास श्रोत मार्फत प्राप्त पछिल्लो जानकारी अनुसार युएईमा २ वटा शव सहित ४ देखि ५ हजारको संख्यामा नेपालीहरु स्वदेश फर्कन पाएका छैनन त्यसैगरि मलेसियामा पनि ३० वटा भन्दा बढि शवहरु सहित हजारौं नेपाली स्वदेश फर्किन पाएका छैनन भने साउदी अरेबियामा पनि १० वटा भन्दा बडि शव सहित हजारौंको संख्यामा नेपालीहरु प्रतीक्षारत रहेका छन । तेस्तै कतारमा ५ ,कुवेतमा ३,बहराइनमा १ शव सहित सयौं नेपाली श्रमिक स्वदेश फर्किने प्रतीक्षामा छन । ओमन बाट पनि सयौं नेपाली स्वदेश फर्किन चाहेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *