घोराही उपमहानगरद्वारा गाउँमै नि:शुल्क कोरोना परीक्षण

दाङ, जेठ २०। दाङको घोराही उपमहानगरपालिकाले गाउँ गाउँमा नि:शुल्क कोरोना परीक्षण शिबिर सञ्चालन गरेको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले नगर भित्रका गाउँ गाउँमा पुगेर नि:शुल्क कोरोना परीक्षणको शिबिर सञ्चालन गरेको हो । समुदाय स्तरमा कोरोनाको अबस्था पत्ता लगाउने गरि एन्टीजेन परीक्षण थालिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो ।

परीक्षण स्थलमै १५ मिनेटमा कोरोना भए नभएको पत्ता लगाउने गरि एन्टीजेन परीक्षणलाई समुदाय स्तरमा लगिएको उहाँको भनाई छ । घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी सहितको टोलीलाई गाउँ गाउँमा खटाएर परीक्षणलाई शिबिर मार्फत सञ्चालन गरिएको छ । कम खर्चिलो, परीक्षण स्थलमै रिपोर्ट आउने, भरपर्दो, संक्रमितको समय मै उपचार व्यवस्थापन सहज हुने भएकाले समुदाय स्तरमा एन्टीजेन परीक्षणलाई तिब्रता दिईएको नगर प्रमुख नरुलाल चौधरीको भनाई छ ।

कतिपय बिरामीको पिसिआर जाँच गरेपछि रिपोर्ट आउन ढिला हुदा स्वास्थ्य अबस्था नाजुक र मृत्यु समेत हुने गरेकाले समयमै संक्रमणको पहिचान गर्न यो बिधिलाई शिबिर मार्फत नगरका वडा वडामा लगिएको नगर प्रमुख चौधरीले बताउनुभयो । नगरका १९ वटै वडामा निशुल्क शिबिर सञ्चालन गर्ने गरि नगर अघि बढेको उहाँको भनाई छ । वडा नम्बर ६ मा ५८ जनाको परीक्षणमा एक जनामा र वडा नम्बर १९ मा १६ जनाको परीक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै उपमहानगरपालिकाले १९ वटै वडामा रहेका कोरोना संक्रमितको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य जाँच गर्ने र परामर्शलाई निरन्तरता दिदै आएको छ । ३ जना सम्मको टोली बनाई संक्रमितको घरघरमा स्वास्थ्यकर्मी परिचालन गरिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो । संक्रमित भई घरमै बसेकाहरुको मनोबल बनाउने, स्वास्थ्य जाँच गर्ने, औषधी तथा परामर्श दिने गरी १९ वटै वडाका स्वास्थ्यकर्मीहरु घरघरमै पुगेको उहाँको भनाई छ ।

संक्रमितहरुलाई भेट्न वडा अध्यक्ष समेत पुग्ने गरेका छन् । आत्मबल उच्च बनाउन र आबस्यक औषधी एवं स्वास्थ्य सजकता अपनाउन आग्रह गर्दै जनप्रतिनिधी र स्वास्थ्यकर्मीले पुग्ने गरेका हुन् ।

May be an image of one or more people, people standing and outdoors

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *