चिकीत्सकमाथि आक्रमण सुनियोजित नभई आवेगमा: प्रतिवेदन

बाँके, जेठ २०। बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले गरेको चिकित्सकमाथि गरेको आक्रमण सुनियोजित नभई आवेगमा भएको जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत जेठ १३ गते राती भएको उक्त आक्रमण तथा अस्पतालमा तोडफोड पछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको संयोजकत्वमा छानविन गर्न समिति गठन गरिएको थियो । सो समितिले बुझाएको प्रतिबेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउँदै २५ बुंदे सुझाव समेत दिएको छ ।

बुधबार सार्वजनिक गरिएको प्रतिबेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात तत्कालै आएको आवेगेको कारण घट्न गएको निश्किर्ष निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पुराउने लगायतका सुझाव आउनुको साथै अस्पतालको सेवालाई अझ गुणस्तरिय बनाउन समितिले दिएको सुझावलाई कार्यान्वयन गर्दै घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृयामा अघि बढाईएको बताउनुभयो ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए । घटनामा संलग्न रहेका मृतकका भाईहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने तथा शरिरिक उपद्रव कसुरमा मुद्दा दर्ता भएको छ ।

अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाईलाग्ने घटनाहरु बृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरु घटनामा संलग्नहरु माथि कडा कारवाहीको माग गर्दै आन्दोलन समेत गर्दै आएका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *