डब्ल्यूएचओले भन्यो- नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस फेला परेको छैन

काठमाडौं, जेठ २०। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालका कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ ।

 

नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेको डब्ल्यूएचओले जनाएको छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको जानकारी दिइएको छ ।

भारतमा भेटिएको भेरियन्ट (बी १.६१७.२) लाई डब्ल्यूएचओले ‘डेल्टा’ नाम दिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *