बंगलाचुली गाउँपालिकाको जीप दुर्घटना

, जेठ २१। दाङको बंगलाचुली गाउँपालिकाको जीप दुर्घटनामा परेको छ । आज घोराही मुर्कुटी सडक अन्तरगत पर्ने मदनभण्डारी लोकमार्गमा गाउँपालिकाको लु १ झ ६१६ नम्बरका महेन्द्रा पिक अप जीप दुर्घटना भएको हो ।

गाउँपालिकाबाट घोराही तर्फ आउने क्रममा घोराही उपमहानगरपालिका ४ पालुथानमा उक्त गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडीमा सवार ४ जना भने सकुशल रहेका छन् ।

सडक देखी ५ मिटर तल खसेको गाडीलाई रुखमा अड्कीएको छ । गाडी तिब्रगतिमा रहेका कारण अनियन्त्रीत भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *