कोरोना संक्रमित निको हुने बढ्दै: आज ८ हजार बढी निको हुँदा ६ हजार ६५३ जना थपिए

काठमाडौं, जेठ २१। नेपालमा आज थप ८ हजार ६ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् । वितेको २४ घण्टामा ६ हजार ६ सय ५३ जना संक्रमित थपिदा ८ हजार ६ सय ६३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ भने सक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *