लमही कोहलपुर सडक खण्डमा सचूनामुलक बोर्ड

शिवु खनाल
दाङ, २१ जेठ
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि दाङको अस्थाई ट्राफिक पोष्ट लमहीले सचेतनामुलक बोर्डहरुको स्थापना गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही कोहलपुर सडक खण्डका विभिन्न स्थानहरुमा सचेतनामुलक बोर्ड स्थापना गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक पोष्ट लमहीले लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको सहयोगमा लमही कोहलपुर सडक खण्डको दायाँ र बायाँ गरि चारवटा सचेतनामुलक बोर्ड स्थापना गरिएको अस्थाई ट्राफिक पोष्ट लमहीका ईञ्चार्ज मधु थापाले जानकारी दिनुभयो ।
राजमार्गका विभिन्न क्षेत्रमा दुर्घटनाको संख्या बढ्दै गएको छ । उक्त दुर्घटनालाई न्यूनिकरण गर्न सडकको दुबै तर्फ सचेतनामुलक बोर्ड स्थापना गरिएको हो, अस्थाई ट्राफिक पोष्ट लमहीका ईञ्चार्ज थापाले भन्नुभयो । दुर्घटना न्यूनीकरणका लागि देउखुरीका विभिन्न क्षेत्रमा रात्रीकालिन चेकचाँज देखि लिएर अन्य प्रशिक्षण कार्यहरु भइरहेको छ ।
उहाँले भन्नुभयो–। ‘दुर्घटना न्यूनीकरणका विभिन्न प्रयासहरु भइरहेका छन्, सोही अनुरुप जनचेतनामुलक बोर्ड पनि स्थापना गरेका छौं ।’ ती सचूना मुलक बोर्डहरुमा ‘तीव्र गतिमा सवारी नहाँकौ, मापसे गरी सवारी नचलौं, ट्राफिक नियमको पालना गरौं’लगायत जस्ता सन्देश उल्लेख गरिएको छ ।’ यता लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले दैनिकजसो दुर्घटना हुन थालेपछि सचेतनामुलक बोर्ड सहयोग गरिएको बताउनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *