नेकपा दाङ द्वारा निर्मित कोभिड बिरामी कुरुवा प्रतीक्षालय हस्तान्तरण कार्यक्रम सम्पन्न

जेष्ठ-२२,दाङ।
नेकपा दाङले निर्माण गरेको कोभिड विरामी कुरुवा प्रतीक्षालय आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।
नेकपाका केन्द्रिय सदस्य , दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शितलले हस्तान्तरण कार्यक्रमको व्यानर पढेर प्रतीक्षालय हस्तान्तरण गर्नुभएको हो।प्रतीक्षालय हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै शितलले प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड दिन अपिल गर्नुभयो।उहाले कोभिडको विषम परिस्थितिमा प्रतीक्षालयले विरामी कुरुवाका लागि राहत प्रदान गर्ने बताउनुभयो। कोभिडका कारण हजारौ नागरिकहरुले ज्यान गुमाउदा समेत राज्य दैनिकजसो सत्ता जोगाउन मै केन्द्रित रहेको उहाको ठहर छ।
उहाले संसदीय व्यवस्थाका मतियारहरुले जनताप्रति घात,अन्तरघात,रास्ट्रघात जनताको मतको अपमान र दुरुपयोग गरेको बताउनुभयो।उहाले भन्नुभयो,”रास्ट्रघात जनघात रोक्न संसदीय व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादको स्थापना निर्बिकल्प उपाए हो”।उहाले बैज्ञानिक समाजबाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनु नै सबैखाले संकटको समाधान हुने उद्घोष गर्नुभयो।
कार्यक्रममा कोरोना बिशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक दोर्ण वलिले प्रतीक्षालय निर्माण कार्यले पार्टी जनताप्रती उत्तरदायी पार्टी भएको बताउनुभयो।उहाले निर्धारित समयभन्दा पहिलेनै निर्माण कार्य सम्पन्न भएकोमा पार्टीलाई धन्यबाद व्यक्त गर्नुभयो।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेले कोभिड अस्पताललाई आबस्यक पर्ने प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेकोमा धन्यवाद दिनुभयो।
प्रतीक्षालय निर्माणमा नेकपाका नेता-कार्यकर्ताहरुले श्रमदान गरेका थिए भने व्यवसायीहरु राम बहादुर खड्का,राजु थापा,गणेश इट्टा उधोग(भिम),हनुमान इट्टा उधोग(मोहन),देब गुरुङ,हरि केसि,असोद देबकोटा,ट्रस्ट जडान(दुर्गा,टोप बहादुर,अन्जन)लगाएतले आबस्यक सामाग्रीहरु सहयोग गरेको र प्रतीक्षालयको कुल लागत १३००००(एक लाख तीस हजार)मा सम्पन्न भएको युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलकले जानकारी दिए।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सबिन,बेपत्ता परिवार समाजका केन्द्रिय अध्यक्ष सुन्दर,बिशेष समिती सदस्य बिक्रम,प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपाने,मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह,कोरोना बिशेष अस्पताल बेलझुन्डिका व्यवस्थापक दोर्ण वली,प्रदेश टुडे दैनिक पत्रीकाका सम्पादक गोपाल शर्मा भट्टराई,संस्कृत बिश्वबिद्धालय कर्मचारी व्यवस्थाण समिती सदस्य बिनय पोख्रेल,प्रेम खड्काको आतिथ्य रहेको थियो।
कार्यक्रममा कोरोना बिशेष अस्पताल बेलझुन्डीले प्रतीक्षालय निर्माणको उच्च प्रशंसा गर्दै जिल्ला पार्टीलाई सम्मान पत्र प्रदान गरेको छ।
नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको सभापतित्वमा भएको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगिले स्वागत मन्तव्यबाट राखेका थिए भने संचालन पार्टी जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *