सल्यान अस्पताललाई १ करोड ५५ लाख विनियोजन

२२ जेठ, दाङ –
कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने अक्सिजनको प्लान्ट स्थापना गर्न सरकारले सल्यान अस्पताललाई १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

शुक्रबार उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियू जडानका लागि १ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन स्वीकृतका लागि हस्ताक्षर गर्नुुभएको हो । बिहीबार मात्रै स्वास्थ्य मन्त्रालयले सल्यान र रोल्पा अस्पतालका लागि बजेट सुनिश्चित गर्न सिफारिस गरेको थियो ।

पदबहालीपछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ लगाउने बताउनुुभयो । उहाँले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताउनुुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *