मुख्यमन्त्री पोखरेलको दाबी- ‘महन्थ पक्ष सरकारमा सामेल भएसँगै संविधान स्थापित भयो’

काठमाडौं, जेठ २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाको महथ पक्ष सरकारमा सामेल भएसँगै संविधानवाद स्थापित भएको दाबी गर्नुभएको छ ।

शुक्रवार जनता समाजवादी पार्टी (जसपा) को महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सामेल भएसँगै आज सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेले त्यस्तो दाबी गर्नुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले अब बसै पक्षलाई चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न आग्रह समेत गर्नुभएको छ ।

फेसबुकमा लेख्दै उहाँले भन्नुभएको , ‘जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसँगै संविधानवाद स्थापित भएको छ । अव सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुटौ।’

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका १० मन्त्री ९२ राज्यमन्त्रीसहित० को जिम्मेवारी दिँदै सरकारमा सामेल गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *