बाँकेमा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु, दुई घाइते

बाँके, जेठ २२। बाँकेमा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन । शनिबार नेपालगन्ज उपमहानगपालिका वडा नम्बर २१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १९ का साबीराज मियाँको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाका अनुसार उनी सोही मिलमा कार्यरत रहेका थिए । विस्फोटमा परी उक्त मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते हुनुभएको छ। उनीहरुको नेपालगन्ज स्थित नर्सिङ्ग होममा उपचार भई रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *