दाङमा होटेलमा बसेर जुवातास खेल्दै गर्दा ६ जना पक्राउ, पक्राउ पर्ने सबै एउटै वडाका

दाङ, जेठ २३। दाङमा लकडाउन अवधिमा पनि होटेलमा बसेर जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपलिका वडा नम्बर १५ का ४१ वर्षिय सुधिर न्यौपाने, सोही ठाउँका ३२ वर्षिय सन्तोष पराजुली, ४५ वर्षिय प्रकाश पोख्रेल, २९ वर्षिय भिम खत्री, २४ वर्षिय होमराज रोका र होटल संचालक सोह ठाउँका २९ वर्षिय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरु घोराही १५ मा रहेको गौरिदिप होटलमा शनिबार साँझ ६ बजे पक्राउ परेका हुन । पक्राउ परेकाको साथबाट रु एक लाख ३९ हजार नगद र जुवा खेल्न प्रयोग भएको १ गड्डी तास बरामद गरिएको र अहिले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *