वडाअध्यक्ष भण्डारीद्धारा कोभिड अस्पताललाई सहयोग

शिवु खनाल
देउखुरी, २३ जेठ
केहि दिन अघि पोखरा पुगेर दाङका कोभिड असपतालहरुलाई १ सय २० वटा अक्सिजन सिलिण्डर रिफिल गरि नागरिकहरुको स्वास्थ्य सुरक्षामा योगदान गर्नुभएको वास्तविकता ताजा छदै गढवा गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष तथा गढवा गाउँपालिका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले देउखुरीको राप्ती गाउँपालिका स्थित कोभिड बिशेष अस्पताललाई पाँच हजार रुपियाँ सहयोग गर्नुभएको छ ।
राप्ती गाउँपालिकाको समन्वय सहकार्यमा संचालित स्वास्थ्यकर्मी प्रकाश बिष्टद्धारा संचालित सिसहनिया स्थित कोभिड अस्पतालमा पुगेर भण्डारीले स्वास्थ्यकर्मी बिष्ट लाई नगद हस्तान्तरण गर्नुभएको हो । कोभीड महामारीबाट पिडित नागरिकहरुको स्वास्थ्य सुरक्षार्थ अक्सीजन रिफिल गर्न भनी सो रकम हस्तान्तरण गरेको वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । भण्डारीले यस अघि पनि देउखुरीको सिसहनिया र लमही स्थित कोभिड बिशेष अस्पतालहरुका लागि पोखरा पुगेर एकसय २० सिलिण्डर रिफिल गरी पठाउनु भएको थियो ।
खाडीबाट कोभिड अस्पताललाई सहयोग
यस्तै कतारको खाडीमा पुगेर तातो रापमा दशऔंली नंग्रा खियाएका राप्ती गाउँपालिकाका शुक्रदिन मिया र निजकी श्रीमति निशा मिया यत्तिबेला समाजका उदाहरणिय पात्र बन्नुभएको छ । ऋण तिरेपछि पबित्र काम गर्ने लक्ष्य राख्नुभएका मिया परिवारले पूजाआजा र यज्ञ गर्नुभन्दा पबित्र काम गर्नुभएको छ । ऋण तिरेर सकियो त्यहि खुसीयालीमा बुढाले कतारबाट फोन गर्नुभयो । कोभिड अस्पताललाई सहयोग गरौं । त्यसै अनुरुप हामीले सिसहनिया स्थित कोभिड अस्पताल र गढवा स्थित कोभिड आइसुलेशनलाई सहयोग गर्ने मनस्थिती बनाएका हौं ।
मिया दम्पतिले गढवा गाउँपालिकाको आइसुलेशन सेण्टरका लागि स्वास्थ्य शुरक्षा सामाग्रीका लागि पाँच हजार रुपियाँ सहयोग गर्नुभएको छ । गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीलाई मियाले सो रकम हस्तान्तरण गर्नुभएको हो । सो को लागि राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णु जिसीले समन्वय गर्नुभएको बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले बताउनुभयो । निशा मियाले आफू बसोवास गरेको वडा राप्ती गाउँपालिका वडानं. ४ को वडा कार्यालयलाई कोभिड महामारीबाट बच्न नागरिकको स्वास्थ्य सुरक्षामा खर्च गर्नभनि १० हजार रुपियाँ प्रदान गर्नुभएको वडा अध्यक्ष बिष्णु जिसीले बताउनु भयो । यसैगरी शुक्रवार मियाले वडा अध्यक्ष जिसीलाई वडा नम्बर ९ को कार्यालय मार्फत कोभिड अस्पतालका लागि ५ हजार रुपिया वडानं. ४ का वडा अध्यक्ष जिसीलाई हस्तान्तरण गर्नुभएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *