महोत्तरी : औषधी र चिकित्सक लिएर गाउँ पुगे पूर्व स्वास्थ्यमन्त्री पोखरेल

आरएन महतो
बर्दिवास, जेठ २२ गते ।
 महोत्तरीको भंगहामा कोरोना महामारी नियन्त्रणका लागि पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेल औषधी र डाक्टरसँगै गाउँमा पुगेका छन् ।

भंगाहा नगरपालिका–४ रामनगर विर्तामा जेठ दोस्रो साता ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगैे गाउँ शिल गरिएको छ । कोरोना संक्रमणसँग मिल्दो लक्षणका कारण गाउँमा १५ जनाको ज्यान गइसकेको छ ।

तर, भंगहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अशोक कुमार महतोले कोराना संक्रमणले २ जनाको मात्रै मृत्युको पुष्टि भएको बताए ।

संक्रमितहरुको ज्यान बचाउन महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेको पोखरेलले आयुर्वेदका औषधी र चिकित्सक लिएर गाउँ पुगेका हुन् ।

शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तुलसी चिया, गुडुची, यष्टिमधु चूर्ण र अश्वगंधा चूर्ण जस्ता आयुर्वेद औषधी वितरण गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जलेश्वरले संक्रमितको घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य सल्लाह, आयुर्वेदिक औधषी वितरणसंगै सेवनका तरिका सिकाएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जलेश्वरका प्रमुख डा. नन्दकिशोर प्रसाद कुशवाहा भन्नुभयो, ‘आयुर्वेदिक औषधीले कोरोनासंग लड्न शरिरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।’

यस्तै, पूर्वस्वास्थ्य मन्त्री पोखरेलले आयुर्वेद नेपालको धरोहर रहेको बताए । उनले भने, ‘कोरोना फैलिरहेको छ । तर, विश्वमा यस विरुद्धको औषधी छैन, कोरोनासंग लड्न हाम्रो आयुर्वेदिक पद्धती अत्यन्तै महत्वपूर्ण सावित भइरहेको छ ।’

भंगहा नगरपालिका–४ का वडाध्यक्ष अशोक महतोका अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि एक घर एक पिसिआर परिक्षण जरुरी रहेको बताए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *