कर्णाली प्रदेश सरकारले पयो पूर्णता, नवनियुक्त दुई मन्त्रीले लिए सपथ

सुर्खेत, जेठ २३। कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद विस्तार गर्दै काँग्रेसबाट दुई मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषदले पूर्णता भएको हो । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । अब कर्णालीमा मन्त्रालयको संख्या आठ पुगेको छ ।

यसैबीच नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ। मन्त्रीद्वयलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले सपथ खुवाएउनुभएको हो। यस अघि नेकपा एमालेले सरकार छाडेपछि नेकपा माओवदीबाट मुख्यमन्त्री बन्नुभएका शाहीको पद धरापमा परेको थियो । त्यसपछि शाहीलाई काँग्रेसले साथ दिएको थियो । मुख्मन्त्री शाहीलाई एमालेको माधव नेपाल समुहले पनि साथ थिएको छ ।

 

अब कर्णाली सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना र र काँग्रेसका दुई जना मन्त्री छन् । पछिल्लो निर्वाचनपछि केन्द्र र प्रदेशको सरकारमा विपक्षीको भूमिकामा रहेको कांग्रेसले पहिलो पटक कर्णालीबाट सरकारमा जाने यात्रा सुरु गरेको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *