पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरुमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न अखिल (क्रान्तिकारी) चितवनको माग

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय (क्रान्तिकारी) स्वतन्त्र विद्यार्थी युनियन चितवन जिल्ला समितिले पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरुमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गन माग गरेको छ ।

आज जेठ २३ गते आइतबार एक विज्ञप्ती जारी गर्दै युनियनले कोभिड १९ को महामारिको कारण नेपाली जनताको आर्थिक अवस्था नाजुक बनेको समयमा  पेट्रोलियम पदार्थ लगायत अन्य अत्यावश्यक वस्तुहरुको अवैज्ञानिक तबरले मूल्यवृद्धि गरेको भन्दै घोर भत्र्सना गरेको छ ।

‘नेपाल आयल निगमले निकै सस्तोमा खरिद गरेर निकै महँगो मूल्यमा  पेट्रोलियम पदार्थ बिक्री गरेको तथ्य हामी माझ छर्लङ्ग छ । देशको ढुकुटीमा ब्रह्मालुट मच्चाइरहेको प्रतिगामी गिरोहको सरकार यति तल्लिन भै लागिपरेको छ । हामी जनता रोग र भोकसँग लडी रहेको बेलामा सरकारको ध्यान अर्को तिर भैरहेको र सरकारको उच्च पदस्थमा बसेका व्यक्तिहरुबाट आएको विवादस्पद अभिव्यक्तिप्रति हामी घोर निन्दा गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

पेट्रोलियम पदार्थ लगायतक वस्तुहरुको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संगठन चरणबद्ध आन्दोलनमा जाने संयोजक अविनाश रम्तेलद्धारा जारी गरीएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *