देउखुरी क्षेत्रका कृषक भन्छन् नेपाली बजार धान्न स्वदेशमै तरकारी उत्पादन

शिवु खनाल
दाङ, २३ जेठ
व्यवसाय गर्न इच्छा भए उमेरले फरक पार्दैन भन्ने उदाहारण बनेका छन् दाङको घोराही उपमाहानगरपालिका वडा म्बर ६ पक्वै निवासी बसन्त चौधरी । २२ वर्षको उमेर हुँदा घरमा तरकारी खेती सुरु गरेका चौधरीककको अहिले बल्ल ३४ वर्षमा टेक्नुभएको छ । घरमा सानो बारीमा खानका लागि तरकारी लगाएका हुन्थ्ये । तर बारीमा तरकारी राम्रै उत्पादन भइरहेको हुन्थ्यो । घरमा लगाएको तरकारी खेती देखेर आफुले पनि तरकारी खेतीलाई व्यवसायिक बनाउनुपर्छ भन्ने सोच आउन थाल्यो ।
‘तिनवर्ष तरकारी खेतीको व्यवसायी गर्दै अभ्यास गरे । पहिलो वर्षमै ३५ कठ्ठा जग्गाबाट तरकारी खेति सुरु गरे । राम्रोसँग उत्पादन हुनथालेपछि यो व्यवसायिक गर्नुपर्छ भन्ने आँट आयो, चौधरीले भन्नुभयो ।’ त्यहि ३५ कठ्ठा जग्गाबाट व्यवसायीक रूपमा सुरु भएको तरकारी खेती अहिले देउखुरीको सतवरीयामा पाँच बिगहा आठ कठ्ठा जग्गामा गर्नुभएको छ । अहिले बेमौसमी तरकारी उत्पादनमा जोड दिइएको छ । चौधरीले भन्नुभयो,–। ‘अझै यो व्यवसायी विस्तार गर्न चाहन्छु । उहाँको बारीमा अहिले हेमसोना जातको टमाटर, कर्मा सात सय ४८ जातको खुर्सानी, नामधारी जातको लौका, घिरौला, काक्रा, फलेका छन् । वार्षिक एक लाख पचास हजारको सम्झौतामा जग्गा भाडामा लिएको छु ।’
दुई वर्षको समय उत्पादन र सिकाईमा बित्यो, तेस्रो वर्षमा तरकारी उत्पादनमा वृद्धि र मूल्य पनि राम्रो पाए । तरकारी खेतिबाट राम्रो आम्दानि गर्नुको साथै तिनवर्षमा सोह्र कठ्ठा पुर्जा सहितको जग्गा जोड्न सफल भएको छु । सुरुमा पाँच लाखको लगानीबाट व्यवसायीक रूपमा तरकारी खेति सुरु गर्नुभएका चौधरीले अहिलेसम्म २२ लाख लगानी लागेको जानकारी दिनुभयो । व्यवसायिक रूपमा तरकारी खेति गर्न लागेको करिब पाँच वर्ष बित्यो, उहाँले भन्नुभयो ।
उहाँका अनुसार दुई विगहा जग्गामा छ लाख बराबरको ९५ कुन्टल व खुर्सानी, एक लाख बराबरको एकसय ३८ कुन्टल टमाटर विक्रि गरेको जानकारी दिनुभयो । गतवर्ष १८ लाखको कारोबार गरि करिब पाँच लाख आम्दानि गर्नुभएका चौधरीले यसवर्ष असारको अन्तिम सम्म ३० लाख बराबरको कारोबार गरि करिब पन्ध्र लाख आम्दानि गर्ने अनुमान गरेको बताउनुभयो । उत्पादित तरकारीहरू धनगढी, कोहलपुर र नेपालगन्ज, घोराही, लमहीका व्यापारीहरू खरिद गर्न आउने चौधरीको भनाइ छ ।
मजदुरलाई वार्षिक आठ लाख ज्याला
पाँच बिगहा आठ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्नुभएको बसन्त चौधरीले सिजनमा करिब तिसजना स्थानीयलाई रोजगारी दिदै आएको जानकारी दिनुभयो । अहिले आठ देखि नौजना सम्म स्थानीयलाई रोजगार दिएको छु । सिसजनमा तिसजना भन्दा माथि नै हुन्छन्, उहाँले भन्नुभयो,–। प्रती व्यक्ति पन्ध्र हजारका दरले कामदारलाई मात्रै वार्षिक आठ लाख ज्याला दिने गरेको छु ।
जग्गा थप गर्ने योजना छ
व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएका बसन्त चौधरीले पाँच बिगहा जग्गा अपुग भएको भन्दै थप जग्गा थप गर्ने योजनामा रहेको जानकारी दिखनुभयो । उहाँले हाल पाँच बिगहा जग्गामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएको छ । त्यसमा पनि थप दशकठ्ठा जग्गा थप गरिसकेको र पुनः जग्गा थप गरेर सिमला मिर्चा उत्पादन गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले नेपालमा सिमला मिर्चा उत्पादन कम हुने र बाहिरबाट आउने सिमला मिर्चा भित्रीन नदिनुका साथै नेपाली बजार धान्न स्वदेशमा उत्पादन गर्ने योजना बनाएको छु । त्यसको लागी दुई बिगहा जग्गा थप गर्ने सोच बनाएको छु ।
यता लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा झिलिमिलि टोल निवासी रूविन्द्र वलिले किसान बसन्त चौधरीको तरकारी खेति देखेर आकर्षित भई भर्खरै मात्र व्यवसायिक रूपमा तरकारी खेति सुरुवात गरेको बताउनुभयो । देउखुरी क्षेत्रमा पुराना किसानले व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका छन् भने नयाँ किसानले अभ्यास गर्दै तरकारी खेती सुरुवात पनि गरेको छन् ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *