सल्यानमा शव बोकेका जीप दुर्घटना: ७ जना घाइते, तीनको अवस्था गम्भीर

सल्यान, जेठ २४। सल्यानमा शव बोकेको जीप दुर्घटनामा परेको छ। जीप दुर्घटनामा परी ७ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट शव बोकेर सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौर जाँदै गरेको भे १ च ३६६९ नम्बरको जी आज बिहान करिब ४ बजेतिर बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ आगरनेटामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी जीप चलक बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ बाबियाचौरका २६ वर्षिय बलबहादुर कुँवर, ४० वर्षिय होमबहादुर गिरी, बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरका २१ वर्षिय आइतुलाल थापा, ३२ वर्षिय खोकलाल थापा, २६ वर्षिया हुर्मती थापा, २० वर्षिय केशव थापा र ४५ वर्षिय टोपबहादुर घर्ती घाइते हुनुभएको छ ।

घाइतेमध्ये गम्भी तीन जना गम्भीर घाइते चालक बलबहादुर कुँवर, हुर्मती थापा र आइतुलाल थापालाई उपचारका लागि नेपालगन्ज लगिएको छ। अन्यको भने जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। जीप सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

 

फाइल फोटो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *